२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

आज २०८२ साल माघ १७ गते शनिबार, आजको राशिफल कस्तो छ ?

शनिवार , माघ १७, २०८२

काठमाडौं । आज २०८२ साल माघ १७ गते शनिबार माघ शुक्ल पक्षको त्रयोदशी तिथि। । तदनुसार सन् २०२६ जनवरी ३१ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। आजको राशिफल कस्तो छ हेरौं ।

मेष : स्वास्थ्यमा सुधार हुनेछ। साना कुराले मन अशान्त हुनसक्छ। लगानीको क्षेत्र संकटमा पर्ने जोखिम रहेको छ। आज शिक्षा क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ।

वृष : मन शान्त बन्नेछ। व्यापारमा फाइदा हुनेछ। स्वास्थ्यमा गरेको प्रयासबाट लाभ हुनेछ। विपक्षी साथी शान्त भएकाले मौन बसेर आफ्नो काम गर्नु उचित हुन्छ। पारिवारिक मेलमिलाप हुनेछ।

मिथुन : गुम्न लागेको धन प्राप्त हुनेछ। व्यापारमा फाइदा हुनेछ। दाम्पत्य जीवन सुखमय बन्नेछ। पर्यटन क्षेत्रमा रमाइलो गर्ने अवसर मिल्नेछ। परिवारसँग बसेर रमाइलो गर्ने दिन छ।

कर्कट : लगानीमा अवरोध हुँदा मानसिक तनाव बढ्नेछ। राज्यको तर्फबाट भय बढ्नेछ। सानो रकम भए पनि दान गरेर मनलाई शान्त पार्न सक्नुहुनेछ। संकटमा परिवारको भने साथ र सहयोग मिल्नेछ।

सिंह : आज नसोचेको धन प्राप्त हुनेछ। मित्रबाट साथ र सहयोग मिल्नेछ। औषधी नियमित गर्न सकेमा रोगबाट मुक्ति मिल्नेछ। विपक्षी साथीले तपाईंको कामको प्रशंसा गर्नेछन्। छोटो दूरीको सुखद् यात्रा हुनेछ।

कन्या : बोली र व्यवहारमा एकरुपता भएमा मान र सम्मान प्राप्त हुनेछ। स्वास्थ्य क्षेत्रमा गरेको प्रयासमा सफलता मिल्नेछ। अग्रजबाट हौसला प्राप्त हुनेछ। गणेशको भजन सुनेर दिनको सुरुवात गर्नु उचित हुनेछ।

तुला : दक्षिणको यात्रा तपाईंका लागि कष्टकर बन्नेछ। मन अशान्त बन्ने छ। शिक्षाको क्षेत्रमा मिहिनेत गर्नुपर्ने समय छ। व्यापारमा निरासा बढ्ने भएकाले परिवारको साथ लिएर अगाडि बढ्नु राम्रो हुनेछ।

वृश्चिक : अचानक मनमा असन्तोष पैदा हुनेछ। कुटुम्बसँग सुमधुर सम्बन्ध बनाएर अगाडि बढ्नु फाइदा हुनेछ। शनिका कारण हरेक काममा बाधा हुनेछ। गणेशको भजन मात्र सुनेर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ।

धनु : सुख र आनन्द प्राप्त हुने दिन छ। नयाँ लुगा लगाउने अवसर मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। दाम्पत्य जीवन सुखमय बन्दा प्रेम सम्बन्धमा उत्साह बढ्नेछ। शिक्षामा श्रम गर्नुपर्ने दिन छ ।

मकर : दैनिकी तपाईंका लागि सहज रहेको छ। रमाइलो गर्ने नाममा खर्च बढ्नेछ। स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने दिन छ। अरुको कामका लागि आफ्नो समय र खर्च नगर्नु उचित हुनेछ।

कुम्भ : मनमा अशान्ति पैदा हुनेछ। व्यापारमा लगानी गरेको भए फाइदा हुनेछ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। सन्तानबाट सन्तुष्टि प्राप्त हुनेछ। पिपलको दर्शन गरेमा दिन सहज बन्नेछ।

मीन : साना कुराले मनमा निरासा बढ्नेछ। आफ्नै परिवारका कारणले मनमा असन्तुष्टि बढ्नेछ। दैनिक काममा कसैसँग विवाद नगर्नु उचित हुनेछ। राम्रो बोल्दा पनि खराब बुझाइले तनाव बढ्नेछ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट