२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

वीरगञ्ज नाकाबाट छ महिनामा ७ अर्ब ६४ करोडको दलहन आयात, ३१ प्रतिशतले वृद्धि

आइतवार , माघ १८, २०८२

पर्सा । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा सात अर्ब ६४ करोड मूल्यपर्ने सात थरिका दलहनजन्य खाद्यान्न भित्रिएको छ । गत आर्थिक वर्षको छ महिनामा एक अर्ब ८० करोड बढी मूल्यको दलहन खाद्यान्न भित्रिएको हो ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले गत आवको छ महिनाको तुलनामा चालु आवको छ महिनामा ३१ प्रतिशतले आयात बढेको बताए । जबकि गत आवको छ महिनामा भने सात थरिका दलहन खाद्यान्न पाँच अर्ब ८३ करोडको आयात भएको थियो । चालु आवको छ महिनामा तीन अर्ब ८२ करोडको मुसुरो दाल आयात भएको छ ।

त्यस्तै सोही अवधिमा एक अर्ब १७ करोड मूल्य पर्ने सिमी÷राज्मा आयात भएको छ । चालु आवको छ महिनामा एक अर्ब १४ करोड मूल्यको चना आयात भएको छ ।

त्यसैगरी, रु एक अर्ब मूल्यको अन्य गेडागुडी आयात भएको छ । २७ करोडबराबर रहरको दाल र १६ करोड मूल्यको केराउ आयात भएको छ । त्यस्तै पाँच करोड १० लाख मूल्यका बकुल्लाको आयात भएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट