२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

राष्ट्रियसभा : सदाचार नीति छिट्टै ल्याउन सदस्यहरूको आग्रह

सोमवार , माघ १९, २०८२

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले सदाचार नीति लागू हुन नसक्दा भ्रष्टाचार मौलाइरहेको बताउँदै विकासमा गतिशीलता र सुशासन एवं सदाचार कायम गर्न चाँडै त्यस्तो नीति ल्याउन आग्रह गरेका छन् ।

सभाको आजको बैठकमा ‘विकास, आर्थिक मामिला तथा सुशासन’ समितिका सभापति कमला पन्तबाट प्रस्तुत ‘राष्ट्रिय सदाचार नीतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ माथिको छलफलमा सदस्यहरूले नीति लागू भएमा देश सुशासनयुक्त हुने बताए । उनीहरूले राज्य सञ्चालनका क्रममा नैतिक मूल्य र मान्यतालाई पालना गराई नेपाललाई सम्पत्ति शुद्धिकरणको ‘ग्रे लिष्ट’ बाट छिट्टै माथि उठाउनसक्नुपर्नेमा जोड दिए ।

छलफलमा सभा सदस्यहरू तुलसाकुमारी दाहाल, विष्णुकुमारी सापकोटा, रुक्मिणी कोइराला, पदमबहादुर परियार, राजेन्द्रलक्ष्मी गैह्रे, मदनकुमारी साह (गरिमा) उर्मिला अर्याल, डा वेदुराम भुसाल, कृष्णप्रसाद अधिकारी, नारायणदत्त मिश्रलगायत सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट