२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

न्यून प्रगतिलाई बढाउनेगरी काम गर्न मुख्यमन्त्री कार्कीकाे निर्देशन

सोमवार , माघ १९, २०८२

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले न्यून प्रगतिलाई बढाउनेगरी काम गर्नको लागि निर्देशन दिएका छन् । सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशीले आयोजना गरेको प्रदेश मन्त्रालय स्तरीय विकास समस्या समिति को बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले बजेट प्रगति न्यून भएकाले अन द स्पोर्ट कार्यालयमा नै गएर छलफल गरी कार्य प्रगति बढाउन निर्देशन दिएका हुन् ।

मुख्यमन्त्री कार्कीले दुई तीन वर्षदेखि निरन्तर बजेट राखिने तर त्यो कार्यान्वयन नहुने अवस्था भएमा तत्कालै हटाउन पनि निर्देशन दिए । उनका अनुसार एउटै काम पनि घनचक्कर, जस्तो घुमिरहने तर प्रगति नहुने अवस्थाको अब अन्त हुनुपर्छ ।, उनले मन्त्रालयभित्रकै कमीकमजोरीहरूलाई चाँडोभन्दा चाँडो हटाएर कामलाई द्रुत गतिमा अगाडि बढाउन आग्रह गर्नुभयो। कर्मचारी राजनीतिज्ञ र स्थानीय तहले समस्यालाई ठिक ढंगले बुझ्न नसक्दा पनि समस्या भएको चर्चा गर्दै यी सबै क्षेत्रले आफ्नो अधिकार र कामलाई बुझेर अगाडि बढ्न सके प्रगति हुने बताए ।

मुख्यमन्त्री कार्कीले प्रदेशलाई केन्द्रले पनि सहयोग नगरिरहेको बताए । उनले कुनै पनि विषयमा प्रदेशमा पटकपटक छलफल हुन्छ र त्यो विषय केन्द्रमा पनि छलफल गरिन्छ हुन्छ भन्नुहुन्छ तर हुँदैन यसले पनि काम गर्न गाह्रो भइरहेको बताए ।

यातायातको अधिकार प्रदेशमा छ तर यहाँको यातायातबाट उठेको जरिमाना केन्द्र सरकारले लैजाने बताउँदै उनले २०७५ सालदेखि यही कुरा उठाइरहेकाे तर केन्द्रले नसुनेको बताए । त्यस्तै लाइसेन्स छपाईको अधिकार पनि प्रदेशमा भएको तर केन्द्रले त्यसलाई पनि सहज रुपले हस्तान्तरण नगरेका कारण यसका कारण पनि समस्या रहेको मुख्यमन्त्री कार्कीले बताए । बैठकमा कोशी प्रदेशका प्रमुख सचिव राजेन्द्र पौडेलले ऐन कानुन संशोधन र पुनर्निर्माण र सेवा प्रवाहलाई प्राथमिकता दिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट