२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

घट्ने क्रममा रहेको सुनचाँदीको मूल्य आज पुन: बढ्यो

मंगलवार , माघ २०, २०८२

काठमाडौं । शुक्रबारदेखि घट्ने क्रममा रहेको सुनचाँदीको मूल्य आज केही बढेको छ । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य तीन हजार ७०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९० हजार तीन सय रूपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला दुई लाख ८६ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, मंगलबार चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । आज चाँदीको मूल्य रु पाँच हजार ३३५ कायम भएको छ । सोमबार एक तोला चाँदी रु पाँच हजार २०० मा खरिदबिक्री भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६८७ र त्यति नै परिमाणको सेतो धातु ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट