२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

यो देश अन्तिम सुनामीको तयारीमा छ, फागुन २१ नेपाली इतिहासको माइलस्टोन हुनेछ : सभापति लामिछाने

मंगलवार , माघ २०, २०८२

काठमाडाैं । रास्वपा सभापति रवि लामिछानेले देश अन्तिम सुनामीको तयारीमा रहेको बताएका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले यस्तो बताएका हुन् ।

उनले भनेका छन्, ‘गिद्धले सिनो लुछेजस्तै लुछिएको यो देश अन्तिम सुनामीको तयारीमा छ । मेरो खुला आग्रह छ । अझै पनि जो–जो मिल्नु छ, मिल । खुला मिल वा गोप्य मिल, जस्तो र जसको गठबन्धन गर्नुपर्ने हो, गर । अन्तिम शक्ति लगाऊ र यो सुनामी रोकेर देखाऊ, हामी मत परिणाम स्वीकार्छौं तर जन विद्रोहले उखेलेर फालेको पुरानो संसद, षडयन्त्रपुर्ण ढंगले फर्काउने कुनै पनि चलखेल, दवाब र धम्की स्वीकार्दैनौं ।’

फागुन २१ मा हुने चुनावपछि देशमा प्रतिपक्षसमेत नयाँ हुनुपर्ने उनको भनाइ छ ।

उनले भनेका छन्, ‘फागुन २१ कुनै सामान्य मिति होइन, नेपाली इतिहासको माइलस्टोन हुनेछ । फागुन २१ पछि आउने संसदमा प्रतिपक्षी समेत नयाँ हुनुपर्छ । सर्प त एउटा पनि पाल्न सकिँदैन ।’

यस्तो छ सभापति लामिछानेको स्टाटस :

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट