२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयक फिर्ता लिन स्वीकृति दिने सरकारको निर्णय

मंगलवार , माघ २०, २०८२

काठमाडौं । सरकारले सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक फिर्ता लिन स्वीकृति दिने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।

बैठकले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ संघीय संसदबाट फिर्ता लिन स्वीकृत प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले जानकारी दिए ।

तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यो विधेयक ल्याएका थिए । १५ माघ २०८१ मा राष्ट्रिय सभामा दर्ता भएको विधेयक विवादका कारण धेरै अगाडि बढ्न सकेको थिएन ।

त्यस्तै, सोही मन्त्रिपरिषद बैठकले निर्माणाधीन संसद भवन परिसरमा जेनजी आन्दोलनका सहिदहरूको सालिक निर्माण गर्ने गरी सिंहदरबार परिसरको गुरूयोजना निर्माण गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट