काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सांसदका रूपमा आफूले काठमाडौँ क्षेत्र नं ५ को विकासमा सधैँ ध्यान दिएको बताएका छन् ।
आज निर्वाचन क्षेत्रअन्तर्गत बालुवाटारमा भएको कार्यक्रममा उनले आफूले तीन वर्षमा सम्भवसम्मका काम गर्न ध्यान दिएको बताएका हुन् । “मैले काठमाडौँ–५ मा निर्वाचनमा गरेका प्रतिबद्धता कार्यान्वयनका लागि हरसम्भव प्रयास गरेको थिए, त्यसका आधारमा मतदाताबाट सकारात्मक प्रतिक्रिया पाएको छु”, महामन्त्री पौडेलले भने ।
उनले आफू सांसद रहँदा विष्णुमति करिडोको रेखाङ्कन गरेर सडक निर्माणलगायत काम सुरुआत गरेको भन्दै ती कामको पर्याप्त प्रचार भने हुन नसकेकाले जिकिर गरे । महामन्त्री पौडेलले नेपालमै पहिलो पटक स्थानीय तहले आवश्यक जमिन किन्ने गरी धनेश्वरमा नमूना खेल मैदानको काम भइरहेको बताए ।
प्रतिक्रिया दिनुहोस