२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

उपत्यकाका एमाले उम्मेदवारहरूको संवाद : संसद् पुनस्थापनाको आशा देखि सरकार र रास्वपामाथिको आरोपसम्म

बुधवार , माघ २१, २०८२

काठमाडौं । नेकपा एमालेका उम्मेदवारहरुले जनताको मत जित्ने एजेण्डाका साथ निर्वाचनमा होमिएको दावी गरेका छन् ।

बुधबार काठमाडौं उपत्यकाका उम्मेदवारसंगको संवाद कार्यक्रममा उनीहरुले लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारीका साथ जनताको मत जित्ने एजेण्डासहित निर्वाचनमा होमिएको दावी गरेका हुन् ।

कार्यक्रममा एमालेका नेता एवं काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा उम्मेदवार ईश्वर पोखरेलले राष्ट्रिय हित, स्वाभिमान, देशको अखण्डता र स्वतन्त्रमा केन्द्रित भएर छिटै घोषणा पत्र सार्वजनिक गर्ने जानकारी दिए । उनले बिगतमा भएका काम र आगामी दिनमा गरिने कामको समयसूचीसहितको घोषणपत्र आउने बताए ।

सामाजिक सद्भाव राष्ट्रिय एकताको आधार भएकाले यसमा पार्टी केन्द्रीत हुने उनको भनाइ छ । नेता पोखरेलले वर्तमान व्यवस्थासँग गाँसिएका केही पक्षमा सुधार आवश्यक रहेको उल्लेख गर्दै संविधान संशोधनमार्फत ती विषयहरूलाई परिमार्जन गर्दै अघि बढ्ने धारणा व्यक्त गरे ।

नेता पोखरेलले आगामी निर्वाचनमा एमालेले राम्रो परिणाम ल्याउने विश्वास व्यक्त गर्दै जनतासमक्ष त्यसलाई प्रमाणित गरेर देखाउने दाबी गरे । एमालेलाई कमजोर पार्न विभिन्न प्रकारका षड्यन्त्र हुँदै आएको आरोप लगाउँदै उनले बाहिरी षड्यन्त्रलाई चिर्न पार्टी भित्री रूपमा बलियो हुनुपर्नेमा जोड दिए ।

त्यस्तै एमालेका सचिव तथा भक्तपुर क्षेत्र नं २ का उम्मेदवार महेश बस्नेतले वर्तमान सरकार रास्वपा पक्षधर बनेर लोकतन्त्रवादी शक्तिमाथि आक्रमण गरिरहेको आरोप लगाए । उनले निर्वाचनलाई निष्पक्ष बनाउनुपर्नेमा जोड दिँदै सरकार मतपरिणाम नै बदल्ने योजनामा लागेको आरोप लगाए ।

निर्वाचन दुई चरणमा गर्ने चर्चा चलाएर मतपरिणाम परिवर्तन गर्ने प्रयास भइरहेको उनको भनाइ थियो । उनले संसद पुनस्थापनाका बिषयमा अदालतले छिटो न्यायनिरुपण गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै एमालेका सचिव तथा काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. राजन भट्टराईले संसद् पुनस्र्थापना लोकतन्त्र र संविधानलाई सहज बाटोमा फर्काउने उपाय भएको बताए । उनले मतदातालाई कुनै उत्तेजनामा नआई विवेकपूर्ण भावनाका साथ मतदान गर्न आग्रह गर्दै लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी नागरिककै हातमा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट