काठमाडौं । नेकपा एमालेका नेता तथा काठमाडौं निर्वाचन क्षेत्र नम्बर–५ का उम्मेदवार नेता ईश्वर पोखरेलले एमाले अरूमाथि कटाक्ष गर्ने नभई आफ्ना कार्ययोजनामा केन्द्रीत भएर काम गर्ने पार्टी भएको दाबी समेत गरेका छन् ।
बुधबार काठमाडौं उपत्यकाका १५ जना उम्मेदवारहरूसँगको संवादमा बोल्दै नेता पोखरेलले राष्ट्रिय हित, राष्ट्रिय स्वतन्त्रता र स्वाधीनताको सवाल उठाएर पार्टीले घोषणापत्र बनाउने भन्दै सामाजिक सदभाव राष्ट्रिय एकताको आधार भएकाले त्यो भत्काउने कुरामा एमाले सहमत हुन नसक्ने बताए ।
नेता पोखरेलले वर्तमान व्यवस्थासँग गाँसिएका केही पक्षमा सुधार आवश्यक रहेको उल्लेख गर्दै संविधान संशोधनमार्फत ती विषयहरूलाई परिमार्जन गर्दै अघि बढ्ने धारणा व्यक्त गरे ।
नेता पोखरेलले आगामी निर्वाचनमा एमालेले राम्रो परिणाम ल्याउने विश्वास व्यक्त गर्दै जनतासमक्ष त्यसलाई प्रमाणित गरेर देखाउने दाबी गरे ।
एमालेलाई कमजोर पार्न विभिन्न प्रकारका षड्यन्त्र हुँदै आएको आरोप लगाउँदै उनँले बाहिरी षड्यन्त्रलाई चिर्न पार्टी भित्री रूपमा बलियो हुनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस