काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको टर्किस एयरलाइन्सको जहाज टेकअफ गर्ने क्रममा इन्जिन फेल भएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उडान नम्बर टीएचवाई–७२७ ले बुधबार दिउँसो साढे १ बजे काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडेको जहाजको एउटा इन्जिन फेल भएको हो ।
चालकदलले सिंगल इन्जिनमा उडिरहेको रिपोर्ट गरेपछि विमान काठमाडौंको आकाश क्षेत्र छाडेर धादिङ जिल्लाको धार्के क्षेत्रमाथि केही समय एउटा इन्जिनको भरमा फन्को लगाउँदै (होल्ड) इन्जिनको अवस्था जाँच गरेको थियो।
वाइडबडी विमान भएकाले काठमाडौंमै फर्किन वा भैरहवा अवतरण गर्न सक्ने विकल्प भए पनि चालकदलले जोखिम नलिई कोलकाता डाइभर्ट गर्ने निर्णय गरेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस