२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

पूर्व प्रधानमन्त्री भट्टराईलाई पितृशोक, बुबा भोजप्रसाद भट्टराईको ९७ वर्षमा निधन

बिहिवार , माघ २२, २०८२

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ । उनका बुबा भोजप्रसाद भट्टराईको ९७ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको हो।

केही दिनयता भोजप्रसाद भट्टराईको स्वास्थ्य अवस्था जटिल बन्दै गएको थियो । उमेरसँगै देखिएका विभिन्न स्वास्थ्य समस्याका कारण उनलाई उपचारका लागि काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमै उपचार भइरहेका बेला बिहीबार बिहान उनको निधन भएको हो ।

स्वर्गीय भोजप्रसाद भट्टराईको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जन्मदेव जैसीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट