काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य उतारचढाप हुने क्रम जारी छ ।
केही दिनदेखि अस्वभाविक घटिरहेको सुनको मूल्य बुधबार १४ हजार ४०० ले बढ्यो । आज बिहीबार सुनचाँदीको भाउ नौ हजार ५०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला मूल्य दुई लाख ९५ हजार २०० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, बिहीबार चाँदी तोलामा ६२० रुपैयाँले घटेर प्रतितोला चार हजार ९८० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला पाँच हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ७८ र त्यति नै परिमाणको सेतो धातु ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस