२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

हेटौँडा आन्तरिक राजस्व कार्यालयद्वारा ६ महिनामा ३ अर्ब २७ करोड राजस्व संकलन

शुक्रवार , माघ २३, २०८२

बागमती । हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले गत महिना ८० करोड आठ लाख ९९ हजार राजस्व सङ्कलन गरेको छ ।

चालु आर्थिक वर्षको प्रथम छ महिनामा तीन अर्ब २७ करोड ९२ लाख ३२ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा आठ करोड ८६ लाख १० हजारले बढी हो ।

यसैगरी चालु आवको पहिलो छ महिनामा अन्तशुल्कतर्फ एक अर्ब ८८ कारेड ६४ लाख ८७ हजार, आयकरतर्फ ५९ करोड ३२ लाख ७१ हजार, मूल्य अभिवृद्धि करतर्फ ४६ करोड ७१ लाख ३० हजार, स्वास्थ्य जोखिम करतर्फ २७ करोड ७३ लाख दुई हजार, ब्याजकरतर्फ तीन करोड ६९ लाख ४७ हजार र बहालकरतर्फ ८१ लाख २६ हजार राजस्व सङ्कलन उक्त कार्यालयले जनाएको छ ।

गत आवको सोही अवधिमा तीन अर्ब १९ करोड छ लाख २२ हजार राजस्व सङ्कलन भएको थियो ।

उक्त कार्यालयमा आयकरतर्फ ३३ हजार ५९६, मूल्य अभिवृद्धितर्फ पाँच हजार ८४९, अन्तशुल्कतर्फ एक हजार ५९८, विथहोल्डतर्फ ७११ र व्यक्तिगततर्फका ८१ हजार ८१२ करदाता सूचीकृत छन् ।

कर दाखिला गर्न आनाकानी गर्ने करदाताहरुको घरमा पुग्ने, टेलिफोन र एसएमएसमार्फत ताकेता गर्ने, कर छुटसम्बन्धी सुविधाबारे प्रचारप्रसार गर्नेलगायत अभियान सञ्चालन गरी १० करोड बक्यौता असुली भएको कार्यालय प्रमुख युक्तप्रसाद सुवेदीले बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट