२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

“कोरोना काल सम्झिँदै मतदाता भन्छन्: हाम्रो रोजाइ प्रेम आले”

शुक्रवार , माघ २३, २०८२

धनगढी । कोरोना महामारीले देशभर त्रास र अन्योलको वातावरण सिर्जना गरेको समय थियो। अस्पतालहरूमा अक्सिजनको चरम अभाव, उपचार नपाएर ज्यान गुमाउनेहरूको संख्या बढ्दो, र सरकारी संयन्त्र दबाबमा रहेको त्यही कठिन घडीमा तत्कालीन वन तथा वातावरणमन्त्री तथा हाल कैलाली क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रेमबहादुर आलेले देखाएको मानवीय योगदान धनगढीका मतदाताले अहिले पनि स्मरण गरिरहेका छन्।

कोरोना संक्रमण उत्कर्षमा पुगेका बेला प्रेम आलेले व्यक्तिगत पहलमा करिब ५० लाख रुपैयाँ बराबरका अक्सिजन सिलिन्डर खरिद गरी वितरण गरेका थिए। सरकारी प्रक्रिया लामो र जटिल भइरहेका बेला कुनै ढिलाइ नगरी आफ्नै स्रोत प्रयोग गरेर गरिएको यो सहयोगले सयौँ संक्रमित बिरामीको जीवन जोगाउन महत्वपूर्ण भूमिका खेलेको स्थानीयहरूको भनाइ छ।

विशेषगरी अक्सिजनको अभावका कारण उपचारमा समस्या भोगिरहेका सेती प्रादेशिक अस्पताल धनगढी र डोटी अस्पताललाई उनले अक्सिजन सिलिन्डर उपलब्ध गराएका थिए। ती अस्पतालमा उपचाररत गम्भीर अवस्थाका बिरामीका लागि अक्सिजन जीवन–मरणको प्रश्न बनेको समयमा गरिएको सहयोगलाई स्थानीयवासीहरूले ‘संकटको समयमा देखाएको साँचो नेतृत्व’को उदाहरणका रूपमा लिने गरेका छन्।

त्यतिबेला अस्पताल प्रशासनदेखि स्वास्थ्यकर्मी र बिरामीका आफन्तसम्मले राहतको सास फेरेका थिए। “अक्सिजन नपाएर बिरामी छटपटाइरहेका थिए। त्यो बेला आलेले उपलब्ध गराएको अक्सिजनले धेरैको ज्यान जोगियो,” एक स्वास्थ्यकर्मीले सम्झिए।

स्थानीय मतदाताहरूका अनुसार संकटको समयमा देखिएको यही जिम्मेवारीबोध र संवेदनशील व्यवहारकै कारण प्रेम आलेप्रति जनविश्वास बढेको हो। धनगढीका एक मतदाताले भने, “नेता भनेको भाषण मात्रै गर्ने होइन, संकट पर्दा जनतासँग उभिने हो। प्रेम आलेले त्यो गरेर देखाए।”

चुनावी माहोल क्रमशः तातिँदै जाँदा कोरोना कालमा देखिएको प्रेम आलेको योगदान अहिले धनगढीमा पुनः चर्चाको विषय बनेको छ। चिया पसलदेखि सार्वजनिक जमघटसम्म कोरोना महामारीका दिनहरू सम्झिँदै ‘त्यो बेला कसले के गर्‍यो’ भन्ने बहस चल्न थालेको छ। यस्तो बहसमा प्रेम आलेको नाम सकारात्मक उदाहरणका रूपमा आउने गरेको देखिन्छ।

राजनीतिक विश्लेषकहरूका अनुसार आपतकालीन अवस्थामा देखाइएको व्यवहारले नेताको वास्तविक चरित्र उजागर गर्छ। “संकटको घडीमा जनताको पक्षमा उभिन सक्ने नेताको स्मृति लामो समयसम्म मतदाताको मनमा बस्छ,” एक विश्लेषकले बताए।

कोरोना महामारीको घाउ अझै पूर्ण रूपमा मेटिन नसकेको अवस्थामा त्यही समयमा जनताको पक्षमा उभिएको स्मृतिले अहिलेको निर्वाचनमा पनि प्रभाव पार्न सक्ने संकेत देखिएको छ। धनगढीका मतदाताहरू विगतका ती कठिन दिनहरू सम्झँदै फेरि एकपटक सोच्न बाध्य बनेको राजनीतिक वृत्तमा चर्चा हुन थालेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट