२०८३, श्रावण ११ गते

सोमवार, श्रावण ११ गते २०८३

१५ दिनभित्र हाजिर हुन ११ प्रहरीलाई प्रहरी प्रधान कार्यालयको  चेतावनी

सोमवार , श्रावण ११, २०८३

काठमाडौं । प्रहरी प्रधान कार्यालयले सम्बन्धित कार्यालयलाई जानकारी नदिई लामो समयदेखि आफुखुसी गैरहाजिर रहेका ११ जना प्रहरी कर्मचारीलाई १५ दिनभित्र सम्पर्कमा आउन सार्वजनिक सूचना जारी गरेको छ ।

प्रहरी प्रधान कार्यालयले आइतबार सार्वजनिक सूचना जारी गर्दै सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र सम्बन्धित कार्यालयमा हाजिर नभए प्रहरी नियमावली, २०७१ (संशोधनसहित) बमोजिम सेवाबाट हटाइने चेतावनी दिएको हो ।

प्रहरीका अनुसार प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम ११५ को देहाय (२) अनुसार प्रक्रिया पूरा गरी सूचना टाँस गर्दा पनि सम्बन्धित कर्मचारीहरू लामो समयदेखि सम्पर्कमा नआएकाले सार्वजनिक सूचना जारी गर्नुपरेको हो ।

सूचनाअनुसार गैरहाजिर हुनेमा दुई जना प्रहरी सहायक निरीक्षक (असई) र नौ जना प्रहरी जवान रहेका छन् । प्रहरी सहायक निरीक्षक तीर्थबहादुर बुढा २०८३ वैशाख २४ गतेदेखि आफुखुसी गैरहाजिर रहेका छन् भने अर्का सहायक निरीक्षक दुर्गाराज मल्ल २०८३ जेठ २० गतेदेखि सम्पर्कविहीन छन् ।

Capture.PNG

यस्तै, अन्य नौ जना प्रहरी जवानहरू पनि सोही अवधिदेखि सम्बन्धित कार्यालयमा हाजिर नभई सम्पर्कविहीन रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रहरी प्रधान कार्यालयले तोकिएको समयभित्र सम्पर्कमा आई सम्बन्धित कार्यालयमा हाजिर हुन सम्बन्धित प्रहरी कर्मचारीलाई आग्रह गर्दै अन्यथा प्रचलित कानुन तथा प्रहरी नियमावलीबमोजिम सेवाबाट बर्खास्त गरिने स्पष्ट गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा अपडेट