काठमाडौं । देशको कुल ऊर्जा माग ७३ हजार ६२९ मेगावाट घण्टा पुगेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार उक्त माग धान्न भारतबाट विद्युत् आयात गर्नुपरेको छैन । बरु प्राधिकरणले २२ हजार १०२ मेगावाट घण्टा बराबरको विद्युत् निर्यात गरिरहेको छ ।
प्राधिकरणका अनुसार प्रणालीमा निजी ऊर्जा उद्यमीहरूले सबैभन्दा बढी ४७ हजार ५६३ मेगावाट घण्टा बराबरको विद्युत् उपलब्ध गराएका छन् । यस्तै, प्राधिकरणका सहायक कम्पनीबाट १७ हजार १०८ मेगावाट घण्टा र प्राधिकरणका आफ्नै आयोजनाबाट ८ हजार ९५९ मेगावाट घण्टा बराबरको ऊर्जा प्रणालीमा थपिएको छ ।
कुल राष्ट्रिय विद्युत् माग ५१ हजार ५२७ मेगावाट घण्टा रहेको छ । साँझको समयमा भने विद्युत्को माग ३ हजार २४८ मेगावाट बराबर पुगेको प्राधिकरणले जनाएको छ ।
वर्षाका कारण देशभर विद्युत् आपूर्तिमा कुनै अवरोध नरहेको प्राधिकरणले जनाएको छ । सम्भावित अवरोध उत्पन्न भए तत्काल मर्मतसम्भार गर्न प्राविधिक जनशक्ति तयारी अवस्थामा राखिएको छ ।
प्राधिकरणका सातवटै प्रदेश कार्यालय तथा काठमाडौंमा मर्मतसम्भार टोलीलाई तयारी अवस्थामा राखिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस