२०८३, श्रावण ११ गते

सोमवार, श्रावण ११ गते २०८३

चारदिने भारत भ्रमण पूरा गरी प्रधानन्यायाधीश शर्मा स्वदेश फिर्ता

सोमवार , श्रावण ११, २०८३

काठमाडौं । चारदिने औपचारिक भारत भ्रमण सम्पन्न गरी प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा आज स्वदेश फर्किएका छन् । भारतीय समकक्षी सूर्य कान्तको निमन्त्रणामा उनी यही साउन ७ गते भारततर्फ प्रस्थान गरेका थिए । 

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार भ्रमणका क्रममा प्रधानन्यायाधीश डा। शर्मा र भारतीय समकक्षी कान्तबिच द्विपक्षीय भेटवार्ता भएको थियो । सो क्रममा दुई देशबिच न्यायिक अनुभव तथा न्याय आदानप्रदानका विषयमा छलफल भएको छ । 

साथै, प्रधानन्यायाधीश डा. शर्माले भारतको सर्वोच्च अदालतको अवलोकन गरी त्यहाँको न्याय सम्पादन प्रक्रियाबारे जानकारीसमेत लिएका थिए ।

भ्रमण दलमा प्रधानन्यायाधीश डा. शर्माकी धर्मपत्नी उमा शर्मा र सर्वोच्च अदालतका सहरजिस्ट्रार अमित उप्रेती सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा अपडेट