२०८३, श्रावण ११ गते

सोमवार, श्रावण ११ गते २०८३

प्रहरीको गोली लागेर युवकको मृत्यु भएपछि देवानगञ्जमा दुई दिन शोक बिदा

सोमवार , श्रावण ११, २०८३

विराटनगर । प्रहरीको गोली लागेर स्थानीय युवकको मृत्यु भएपछि सुनसरीको देवानगञ्ज गाउँपालिकाले दुई दिन शोक बिदा घोषणा गरेको छ ।

गाउँपालिका अध्यक्ष बेचनप्रसाद मेहताका अनुसार साउन ११ र १२ गते सोमबार र मंगलबार पालिकाअन्तर्गतका सम्पूर्ण सरकारी कार्यालय तथा शैक्षिक संस्था बन्द रहनेछन् ।

आइतबार राति देवानगञ्ज–३, कप्तानगन्जमा दुई समूहबीच भएको झडप नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको थियो। सोही क्रममा प्रहरीको गोली लागेर देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो ।

युवकको मृत्युपछि देवानगञ्ज क्षेत्रमा तनाव उत्पन्न भएको छ। सम्भावित अप्रिय घटना रोक्न जिल्ला प्रशासन कार्यालय, सुनसरीले दक्षिणी क्षेत्रका पाँच स्थानमा अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेको छ। सोमबार बिहान ७ बजेदेखि लागू भएको कफ्र्यु अर्को सूचना जारी नभएसम्म कायम रहने प्रशासनले जनाएको छ ।

स्थानीय युवकको मृत्यु भएपछि गाउँपालिकाले शोक व्यक्त गर्दै दुई दिनका लागि सरकारी कार्यालय तथा शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो। घटनापछि स्थानीय क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा अपडेट