२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

धनुषामा ८४ प्रतिशत किशोरीलाई पाठेघर क्यान्सर रोगको विरुद्ध खोप लगाइयो

शनिवार , माघ २४, २०८२

जनकपुरधाम । धनुषा जिल्लामा ८४ प्रतिशत किशोरीलाई पाठेघरको मुखको क्यान्सर रोगका विरुद्ध एचपिभी खोप लगाइएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयद्वारा आज जनकपुरधाममा आयोजित एचपिभी खोपसम्बन्धी अभिमुखीकरण कार्यक्रममा कार्यालय प्रमुख उमेश यादवले निःशुल्क रुपमा दिइने सो खोप जनकपुरसहित धनुषामा १६ हजार ९०० किशोरीलाई लगाइएको बताए । सो खोप १० वर्षदेखि १४ वर्षसम्मका किशोरीलाई लगाइएको उल्लेख गर्दै उनले सो खोप शतप्रतिशत किशोरीलाई दिने सरकारको लक्ष्य रहेकाले आइतबारदेखि कक्षा ६ का किशोरीलाई खोप दिने तयारी भइरहेको छ भने ।

खोपका सम्बन्धमा जानकारी दिनका लागि विद्यालयका शिक्षकहरुलाई समेत अभिमुखीकरण गरिएको प्रमुख यादवले बताए । नेपालमा बर्सेनि दुई हजार १६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको उहाँद्वारा प्रस्तुत विवरणमा उल्लेख छ । पटक–पटक भएर २० वर्षसम्म सङ्क्रमण रही रह्यो भने क्यान्सर रोग लाग्ने सम्भावना अत्यधिक रहेको छ ।

सो कार्यक्रममा जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलले क्यान्सर रोगविरुद्धको खोप लगाउने कार्यमा सबैको सहयोग आवश्यक रहेको उल्लेख गर्दै मदरशाका किशोरीहरुलाई समेत उक्त खोप लगाउन चेतना जागृत गराउनुपर्ने विचार व्यक्त गरे ।

सोही अवसरमा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले यो खोप अभियान कार्य अत्यन्त महत्वपूर्ण रहेकाले विद्यालय बाहिरका किशोरीहरुलाई समेटेर शतप्रतिशतलाई खोप लगाउनुपर्ने सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ