२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

नेकपाप्रति भरोसा बढ्दै गएको छ तर सोचेजस्तो माहोल बनेको छैन : प्रचण्ड

मंगलवार , माघ २७, २०८२

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेकपाप्रति भरोसा बढ्दै गएपनि आफ्नो पक्षमा अझैपनि सोचेजस्तो माहोल बन्न नसकेको बताएका छन् ।

नेकपा संघीय सम्पर्क समिति केन्द्रीय निर्वाचन परिचालन समितिद्वारा मंगलबार पेरिसडाँडा आयोजित प्रशिक्षण कार्यक्रममा प्रचण्डले नेकपा गठन भएपछि जनतामा विस्तारै आशा र भरोसा बढ्दै गएपनि सामाजिक सञ्जालमा नयाँ भन्नेहरुजस्तो माहोल अझै पनि आफ्नो पक्षमा बन्न नसकेको बताएका हुन् ।

वर्तमान असहज, असाधारण परिस्थितिको निर्वाचनमा पहिलेको भन्दा अझ बढी सक्रिय र मेहनत गरेर निर्वाचन परिणामलाई सकारात्मक स्वरूप दिन अगाडि बढ्नुपर्ने उनले बताए ।

त्यस्तै प्रचण्डले राष्ट्रिय स्वाधिनता, समाजवादको आधार निर्माण, भ्रष्टाचार विरुद्धको सुशासन कायम गर्ने, आर्थिक बिकास र समृद्धिका लागि नेकपालाई बिजयी गराउनेपर्नेमा जोड दिए ।

उहाले सिद्धान्त र राजनीतिक मुद्दाहरुका आधारमा नभइ नयाँ भनेको पुरानाको विरोध गर्नु हो भन्ने भाष्य बनाउन खोजिएको तर्क गरे उनले एकताबद्ध भएर योजनाबद्ध ढंगले बाँकी रहेको समयमा मेहनत गरे नेकपा पहिलो पार्टी बन्ने सम्भावना रहेको धारणा राखे । उनले अहिले पार्टीभित्र बहस गर्नुभन्दा पार्टीसँग जोडिएर फिल्डमा खटिन निर्देशन समेत दिए ।

कार्यक्रममा एमालेमा आवद्ध विष्णु अधिकारी र जसपा परित्याग गरी अर्जुन चौलागाईं लगाएतलाई नेकपामा प्रवेश गराइएको थियो ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट