२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

तीन वर्षदेखि निरन्तर ‘स्ट्रबेरी’ खेती, वार्षिक तीस लाख आम्दानी

शनिवार , फाल्गुण २, २०८२

काभ्रेपलाञ्चोक । तीन वर्षदेखि निरन्तर (स्ट्रबेरी)भुइँऐसेलुखेतीमा रमेका बनेपा नगरपालिका–१० जनागालका मुक्ति विष्टलाई हिजोआज भुइँऐसेलुटिप्न र बजार पठाउन भ्याइनभ्याइ छ । यसबाट उनले वार्षिक रु ३० लाखको आम्दानी पनि गरिरहेका छन् ।

कोरोना महामारीका बेला खेती थालेका उनी भुइँऐसेलुका निम्ति यहाँ परिचित व्यवसायी भएका छन् । “बजारीकरणको समस्या छैन, बर्सेनि बजार बढ्दैछ” व्यवसायी विष्टले भने, “स्थानीय बजारमा प्रतिकिलो रु चार सयदेखि आठ सयसम्ममा भुइँऐसेलु बिक्री भइरहेको छ ।”

जनागालस्थित आफ्नै दश रोपनी जग्गामा भुइँऐसेलु रोपेर जिल्लामा मात्र नभएर देशको नमूना किसानको पहिचान बनाएका ४६ वर्षीय विष्टले भुइँऐसेलु रोप्ने सीप सिकेर व्यवसाय थालेका भने होइनन्, अरुले रोपेको देखेर र भनेका आधारमा खेती थालेको उनले सुनाए ।

गत वर्ष सबै खर्च कटाएर रु ३० लाख बचत गरेका उनी यसवर्ष केही बढी आम्दानी हुनेमा आश्वस्त छन् । उनले भुइँऐसेलु मात्र होइन मौसमी सागसब्जीसँगै कुखुरापालन पनि गरिरहेका छन् । भुइँऐसेलुका बिरुवा पनि उनले बेच्दै आएका छन् । उनले भुइँऐसेलुखेतीका लागि बनेपा र ककनीमा गरी एक लाख बिरुवा रोपेका छन् ।

हाल उनको फार्ममा पाँच जनाले रोजगारी पाएका छन् । व्यवसाय विस्तारको सोचमा रहेका उनले भुइँऐसेलुबाट ‘वाइन’ र ‘जुस’ उत्पादन उद्योग स्थापना गर्न विज्ञहरुसँग परामर्श गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ