२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

बंगलादेशको चुनावी नतिजा नेपालमा दोहोरिन्छ : ओली

आइतवार , फाल्गुण ३, २०८२

झापा। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बंगलादेशको निर्वाचन परिणामले नेपालमा हुने चुनावको संकेत दिएको दाबी गरेका छन्। बंगलादेशमा देखिएको चुनावी नतिजा नेपालमा पनि दोहोरिन सक्ने उनको भनाइ छ।

काठमाडौंबाट जाने क्रममा भद्रपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष ओलीले बंगलादेशको निर्वाचन जित्ने पक्षलाई बधाई तथा शुभकामना व्यक्त गरे।

सामाजिक सञ्जालमा लोकप्रिय व्यक्तिहरू पराजित हुनु र आन्दोलनबाट उदाएका दलहरू अपेक्षाकृत कम सिटमा सीमित भएको सन्दर्भ उठाउँदा ओलीले नेपालमा पनि यस्तै परिणाम देखिन सक्ने बताए।

उनले मुलुकमा चुनावका लागि अझै पूर्ण रूपमा अनुकूल वातावरण नबनिसकेको पनि दोहोर्‍याए। पार्टी चुनावी तयारीमा जुटिरहेको भए पनि ढुक्क भएर चुनावमा जान सक्ने अवस्था नभएको उनको भनाइ छ ।

यसअघि अध्यक्ष ओलीले झापा–५ अन्तर्गत कमल, गौरादह र गौरीगञ्ज क्षेत्रमा मतदातासँग भेटघाट गरेका थिए। यसपटक भने दमक केन्द्रित कार्यक्रम तय गरिएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट