काठमाडौं । २०८३ साल साउन ११ गते सोमबार सन् २०२६ जुलाई २७ तारिख । असार शुक्ल पक्षको त्रयोदशी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । आजको राशिफल कस्तो छ हेरौं ।
मेष : दिन राम्रो छ। आज नयाँ व्यक्तिसँगको भेटले पुरानो कुराको सम्झना हुनेछ । शिक्षा र स्वास्थ्यमा सुधारका संकेत देखिनेछन् । वैदेशिक रोजगारीमा लगानी गरेको भए फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर रहला ।
वृष : दिन सामान्य छ । सम्पत्ति आर्जन भएपनि स्वास्थ्यमा समस्या हुँदा मन दुखी हुनेछ । शिक्षामा लगानी गरेको भए ढिलासुस्ती हुनेछ । पारिवारिक सम्बन्ध सुमधुर रहला। राज्यको तर्फबाट तपाईंको व्यवहारमा शंका हुनेछ ।
मिथुन : बोलीको प्रभाव रहनेछ । लगानीको क्षेत्रमा फाइदा हुने दिन छ । ठूलो लगानीमा हात नहालेको राम्रो हुनेछ । शिक्षा र स्वास्थ्यमा केही सुधार हुनेछ ।
कर्कट : दिन राम्रो छ । धनलक्ष्मी योग परेकाले सम्पत्तिको सदुपयोग गर्नु उचित हुन्छ । डुब्न लागेको सम्पत्ति हात लाग्ने संकेत देखा पर्नेछ । रोजगारी र राजनीतिमा तपाईको बढुवा हुने सम्भावना छ । पारिवारिक सम्बन्ध राम्रो रहेको छ ।
सिंह : दिन राम्रो छ। वैदेशिक रोजगारीमा लगानी गरेको भए फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा सुधारका संकेत देखा पर्नेछन्। परिवारमा भने गोपनीयता कायम गर्नु राम्रो हुनेछ।
कन्या : दिन सामान्य राम्रो छ। खर्च बढ्नेछ। स्वास्थ्यमा भने सुधारका संकेत देखिनेछन् मानसम्मान बढ्नेछ। शिक्षामा राम्रो प्रगति हुनेछ। राजनीतिक क्षेत्रमा पनि फाइदा हुने योग परेको छ।
तुला : आज प्रतिभा प्रदर्शन गर्ने दिन छ। घुमघामको अवसर मिल्नेछ। शिक्षामा आलश्य बढ्नेछ। लगानीमा दिन उपयुक्त छ। परिवारको साथ लिएर अघि बढ्नुपर्ने दिन छ।
वृश्चिक : दिन राम्रो छ। संघर्षले सार्थकता पाउनेछ। शिक्षा र स्वास्थ्यले तपाईलाई साथ दिनेछ। बौद्धिक व्यक्तिसँगको भेटले मनमा खुसी मिल्नेछ। दाम्पत्य जीवनमा खटपटी हुनेछ।
धनु : दिन राम्रो छ। मित्र भेट हुनेछ । स्वास्थ्य, शिक्षामा गरेको प्रयास सफल हुनेछ। परिवारले साथ दिनाले मनमा उत्साह थपिनेछ। राजनीतिमा भने हात नहालेको राम्रो हुनेछ।
मकर : दिन सामान्य छ। हरेक कार्यमा शंकाको घेरामा भएकाले जोगिएर काम गर्नुपर्ने देखिन्छ। शत्रु बढ्नेछन्। परिवारसँग्को सम्बन्ध सुमधुर बन्नेछ।
कुम्भ : यात्राको अवसर मिल्नेछ। तर समय र खर्च बढ्ने भएकाले अनावश्यक यात्रामा ननिस्किएको राम्रो हुनेछ। धार्मिक कार्यमा सहभागी भएमा दिन सहज बन्नेछ।
मीन : मनमा खटपटी बढ्नेछ। स्वास्थ्यमा समस्या आउँन सक्छ। हनुमान वा गणेशको पुजा गरेर अघि बढे लाभ मिल्नेछ। परिवारको साथ रहनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
प्रतिक्रिया दिनुहोस