२०८३, श्रावण ११ गते

सोमवार, श्रावण ११ गते २०८३

एमाले–नेकपा सत्तासहयात्रा   : विजय मल्लको  अन्तिम भोज  कथा जस्तै -बास्कोटा

सोमवार , श्रावण ११, २०८३

काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले एमाले र नेकपा बीच प्रदेश सरकारमा सत्ता साझेदारी गर्ने निर्णयप्रति सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाएका छन्।

बास्कोटाले सत्ता समीकरण बन्ने र भत्किने प्रक्रिया सीमित नेताहरूको निर्णयमा निर्भर हुने गरेको भन्दै त्यसप्रति प्रश्न उठाएका छन्। उनले यस्तो निर्णयबारे केही शीर्ष नेताबाहेक पार्टीका अधिकांश सदस्यले समेत पूर्वजानकारी नपाउने परम्परा बनेको टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमा उनले लेखेका छन्–‘सत्ता समीकरणमा एमाले र माओवादीले देउवालाई पनि जित्ने हैसियत बनाए,खोपी सत्ता किन बन्छन् र भत्कन्छन् । ती सभाका केही सदस्य र खास नेता बाहेक अरूले सुइँको समेत नपाउने कुरा परम्परा नै बन्यो। हाँडी बोकेर स्वर्ग कि नर्क भन्दै हिँडेजस्तै भएका छन्। विजय मल्लको ‘अन्तिम भोज’ नै त यो होइन होला? अचम्म लाग्छ ।’
उनको यो अभिव्यक्तिलाई एमाले र माओवादीबीच प्रदेश सरकारमा नयाँ गठबन्धन गर्ने निर्णयप्रतिको अप्रत्यक्ष असहमति तथा पार्टीभित्र निर्णय प्रक्रिया पारदर्शी नभएको संकेतका रूपमा हेरिएको छ।

एमाले र माओवादीले विभिन्न प्रदेशमा सत्ता साझेदारीको नयाँ समझदारी गरेपछि राजनीतिक वृत्तमा त्यसबारे विभिन्न प्रतिक्रिया आइरहेका छन्। बास्कोटाको सार्वजनिक टिप्पणीले भने गठबन्धनको निर्णयप्रति पार्टीभित्रै फरक धारणा रहेको संकेत गरेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा अपडेट