काठमाडौं । सङ्घीय संसद् मातहतका तीनवटा संसदीय समितिको बैठक आज बस्दैछ। सङ्घीय संसद् सचिवालयका अनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।
आज अपराह्न २ः०० बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५’ को कार्यान्वयनको वर्तमान अवस्थाबारे छलफल हुने कार्यसूची रहेको छ।
त्यस्तै, बिहान ११ः०० बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा समितिको आगामी आर्थिक वर्ष २०८३\८४ को वार्षिक कार्ययोजनाबारे विस्तृत छलफल हुनेछ।
यसैगरी, बिहान ११ः३० बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा त्रिभुवन विश्वविद्यालय कीर्तिपुरस्थित केन्द्रीय इतिहास विभागका पदाधिकारीहरूसँग विभिन्न विषयमा छलफल गर्ने कार्यक्रम तय गरिएको छ।
प्रतिक्रिया दिनुहोस