काठमाडौं । उज्यालो नेपाल पार्टी (उनेपा) ले निर्वाचन प्रतिवद्धता–पत्र सार्वजनिक गरेको छ । उज्यालो नेपाल पार्टीले आइतबार आफ्नो निर्वाचन प्रतिवद्धता–पत्र सार्वजनिक गरेको हो ।
उनेपाले मुलुकमा सुशासन, समृद्धि र सामाजिक न्यायको लागि स्थापित पार्टी भएको जनाएको छ ।
प्रतिबद्धता पत्रमा संविधान, शासन प्रणाली र राज्य संरचनालाई नागरिकमैत्री बनाउने, भ्रष्टाचारबिरुद्ध सून्य सहनशीलता कायम गरिने जनाएको छ । त्यस्तै, प्रतिबद्धता पत्रमा अर्थतन्त्रलाई उत्पादनमुखी बनाउँदै रोजगारी विस्तार गर्ने स्पष्ट रोडम्याप प्रस्तुत गरिएको छ ।
उनेपाले सुशासनतर्फ सार्वजनिक सेवा समयमै पाउने अधिकार सुनिश्चित गर्ने, प्रशासनलाई डिजिटल, पारदर्शी र जवाफदेही बनाउने, तथा सार्वजनिक पदाधिकारी र कर्मचारीको वार्षिक अनलाइन सम्पत्ति विवरण बुझाउने र सार्वजनिक गर्ने व्यवस्था अघि सारेको छ ।
पूर्णपाठ :
प्रतिक्रिया दिनुहोस