२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

गगनको प्रष्टीकरणः नेपालका डाँडाबाटै २–३ लाख कमाउने कुरा र्‍यान्डम स्टेटमेन्ट होइन, रोडम्याप हो

सोमवार , फाल्गुण ४, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाललाई आगामी पाँच वर्षभित्र दक्षिण एशियाकै उदीयमान डिजिटल हब बनाउने महत्वाकांक्षी कार्ययोजना (रोडम्याप) सार्वजनिक गरेका छन् । सोमबार सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश जारी गर्दै उनले सूचना प्रविधिको क्षेत्रमा गरिने सानो नीतिगत सुधारले पनि मुलुकको अर्थतन्त्रमा कायापलट ल्याउने दाबी गरे।

केही समयअघि कीर्तिपुरको एक कार्यक्रममा ल्यापटप चलाएरै महिनाको ३–४ लाख कमाउन सकिन्छ भनी थापाले दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा चर्चा र ट्रोलको विषय बनेको थियो । त्यसलाई प्रष्ट्याउँदै थापाले यो कुनै काल्पनिक कुरा नभई तथ्याङ्क र सम्भावनामा आधारित योजना भएको बताए। यो कुनै र्‍यान्डम स्टेटमेन्ट थिएन, यो त नेपालको आईटी सेक्टरलाई अबको केही वर्षमा कहाँसम्म पुर्‍याउन सकिन्छ भन्ने स्पष्ट मार्गचित्र थियो उनले भने ।

नेपाल अब केवल फ्रीलान्सिङ र बीपीओमा मात्र सीमित नभई आफ्नै डिजिटल उत्पादनहरू निर्माणमा लाग्नुपर्ने थापाको तर्क छ । यसका लागि उनले स्थिर कर नीति, दक्ष जनशक्ति उत्पादनका लागि ट्यालेन्ट हबको निर्माण र सार्वजनिक–निजी साझेदारीको मोडल अघि सारेका छन् ।

अघिल्लो सरकारको पालामा भएका साना सुधारले पनि सकारात्मक नतिजा देखाएका छन् थापाले भने, अब सरकारले स्वदेशी सफ्टवेयर र प्रविधिलाई प्राथमिकता दिँदै युवाहरूलाई नेपालकै डाँडाहरूमा बसेर विश्वबजारसँग जोडिने वातावरण बनाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट