काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा युवा नेता इन्द्र भुसाल काठमाडौं–४ मा घरदैलो कार्यक्रमलाई तिब्रता दिएका छन् । आसन्न निर्वाचन र संगठन सुदृढीकरणलाई मध्यनजर गर्दै उनले घरदैलो कार्यक्रमलाई तिब्रता दिएहुन् ।

विद्यार्थी राजनीतिबाट उदाएका भुसाल लामो समयदेखि राजनीतिक तथा सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका छन्। उनले आफ्नो राजनीतिक यात्रा चाबहिलस्थित पशुपति क्याम्पसबाट सुरु गरेका थिए। २०६२ सालमा क्याम्पसको स्ववियु सह–सचिव र २०६५ सालमा उपसभापतिमा निर्वाचित हुँदै विद्यार्थी राजनीतिमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।

त्यसपछि उनी अखिल (क्रान्तिकारी) को केन्द्रीय सदस्य, सचिव हुँदै वरिष्ठ उपाध्यक्षसम्मको जिम्मेवारीमा पुगेका थिए। हाल उनी साविक नेकपा (माओवादी केन्द्र)को उपत्यका विशेष प्रदेश उपाध्यक्ष भइसकेका छन् भने नेकपाको केन्द्रीय सदस्यका रूपमा कार्यरत छन् ।

काठमाडौं क्षेत्र नं. ४ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लगातार जित्दै आएको निर्वाचन क्षेत्र हो। उक्त क्षेत्रमा भुसालको सक्रियता बढेसँगै आगामी राजनीतिक प्रतिस्पर्धाबारे चर्चा सुरु भएको छ।






प्रतिक्रिया दिनुहोस