२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

रेनु र सोविताबारेको 'मत सर्वेक्षण' समाचारमा आयोगको आपत्ति, कारवाहीको माग

सोमवार , फाल्गुण ४, २०८२

काठमाडौं । निर्वाचन आयोग, नेपालले चितवन-३ का उम्मेदवारबारे हालै सेतोपाटी अनलाइनमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

आयोगका अनुसार, सेतोपाटीमा प्रकाशित समाचार 'चितवन-३ मा सोविता गौतमले जित्नेछिन्, रेनु दाहाल दोस्रो' र 'भोट रास्वपालाई दिने हो, तर निकुञ्ज छेउका बस्तीबारे बालेनको तर्क गलत छ' भन्ने समाचारहरूले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको हो ।

उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म मतपरिणाम वा सर्वेक्षणको प्रकाशन निषेध छ। साथै, दफा २५ को उपदफा (१) खण्ड (ख) अनुसार कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्नु कानुनविपरीत रहेको आयोगले जनाएको छ ।

यस विषयमा आयोगले सम्बन्धित पक्षलाई आवश्यक कारवाहीका लागि निर्देशन दिएको छ। आयोगले मतदाता तथा सञ्चारमाध्यमलाई सावधानी अपनाउन र आचारसंहिता उल्लङ्घन नगर्न विशेष अनुरोध गरेको छ।

चितवन - ३ मा नेकपाबाट रेनु दाहाल र रास्वपाबाट सोविता गौतम प्रतिनिधि सभा उम्मेदवार छन् । यस क्षेत्रमा यी दुईबीचको चुनावी भिडन्त रोचक हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट