काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले जनताको ठूलो संघर्ष, त्याग र बलिदानबाट प्राप्त उपलब्धि गुम्छ कि भन्नेनै आफ्नो मूख्य चिन्ता भएको बताएका छन् ।
उनले सुनौलो नेपालको निर्वाचन विशेष कार्यक्रम ‘अब तपाई किन ?’ मा बोल्दै यस्तो बताएका हुन् । उनले नेपालको आधुनिक इतिहासमा संघीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिक, समावेशी लोकतन्त्रसम्म आईपुग्न निकै ठुलो संघर्ष भएको भन्दै त्यसबाट प्राप्त भएको राजनीतिक उपलब्धि र जनताका अधिकार गुम्ने होकि भन्नेनै आफ्नो मूख्य चिन्ता भएको बताए ।
उनले भने, ‘नेपालको आधुनिक इतिहासमा या सन्दर्भमा संघीय लोकतान्त्रिक गणतन्त्रसम्म समानुपातिक, समावेशी लोकतन्त्रसम्म आईपुग्न निकै ठुलो संघर्ष, त्याग र बलिदान भएको छ, र त्यसमा मैले नेतृत्व गर्ने अबसर पाए । त्यसकारण मलाई जतिबेला पनि महसुस हुने कुरा कतै त्यतिधेरै त्याग, तपस्या र बलिदानबाट प्राप्त भएको राजनीतिक उपलब्धि र जनताले जे-जति अधिकार प्राप्त गरेका छन् ती कतै गुम्ने होकि भन्नेनै मेरो मूख्य चिन्ता बनेको छ, र मैले सधै यो कुरालाई महसुस गरेर अगाडी जाने गरेको छु ।’

उनले निर्वाचनको सन्दर्भमा पनि ती उपलब्धिको रक्षा गर्ने कुरामा आफ्नो ध्यान केन्द्रीत भएको बताए । महान शहिदहरु, बेपत्ता योद्दाहरु, घाइते, अपाङ्गहरु सबैका सपनालाई सुरक्षित गर्ने र त्यसलाई बिकसित गर्ने कुरामा पनि आफू केन्द्रीत रहेको उनले बताए । उनले आफ्नो परिवारको सदस्य गुमेको पीडा पनि राष्ट्रकाप्रति र जनताकाप्रति समर्पित गरेर आफूलाई सक्रिय राख्ने गरेको बताए ।
उनले अहिले विश्वको भू-राजनीति असहज ढंगले नयाँ धुर्विकरणतिर र नयाँ परिस्थितितिर अगाडी बढेको बताए । त्यसको प्रभाव प्रत्यक देशमा पर्ने गरेको पनि उनले बताए । उनले अहिले उदार पुजीबाद निकै संकटमा रहेको बताए ।
पूरा भिडियो :
https://youtu.be/4iKEa4LnN0I
प्रतिक्रिया दिनुहोस