२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

प्रगतिशील लोकतान्त्रिक पार्टीद्वारा कुलमान घिसिङलाई समर्थन गर्ने घोषणा

आइतवार , फाल्गुण १७, २०८२

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी, गोकर्णेश्वर नगर कार्यसमितिले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका उम्मेदवार कुलमान घिसिङलाई समर्थन गर्ने निर्णय गरेको छ ।

नगर समितिले मुलुकको आर्थिक समृद्धि, सुशासन र उज्यालो भविष्यका लागि सक्षम नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै काठमाडौं निर्वाचन क्षेत्र नं. ३ मा घिसिङलाई समर्थन गर्ने जनाएको हो ।

साथै, पार्टीका सम्पूर्ण नेता–कार्यकर्ता र शुभेच्छुकलाई चुनावी प्रचारप्रसारमा सक्रिय सहभागी हुन र “बल्ब” चुनाव चिन्हमा मतदान गरी कुलमान घिसिङलाई विजयी गराउन अपिल गरेको छ ।

समर्थन सम्बन्धी उक्त निर्णय नगर समितिका अध्यक्ष नीर कार्की (रवि), उपाध्यक्ष सुनिल लामा र सचिव तारानाथ पुरीले संयुक्त रूपमा सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट