काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मध्यपूर्वमा रहेका नेपालीको अवस्थाबारे जानकारी लिएकी छन् ।
कार्कीले आइतबार परराष्ट्रमन्त्री बालानन्द शर्मा र श्रममन्त्री राजेन्द्रसिंह भण्डारीलाई बालुवाटार बोलाएर मध्यपूर्वमा रहेका नेपालीको अवस्थाबारे जानकारी लिएकी हुन् ।
उनले मध्यपूर्वको तनावका विषयमा पनि जानकारी लिइन् ।
मध्यपूर्वका विभिन्न देशमा १७ लाखभन्दा बढी नेपालीहरु रहेका छन् ।
प्रतिक्रिया दिनुहोस