काठमाडौं । नेपाली कांग्रेसकी नेतृ तथा राष्ट्रिय सभा सदस्य विष्णुदेवी पुडासैनीले राष्ट्र, राष्ट्रियता र लोकतन्त्र बचाउनका लागि देशैभर कांग्रेसले जित्नुपर्ने बताएकी छन् ।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले देश नेपाली कांग्रेसले सम्हाल्नु पर्ने बेला आएको बताइन् ।
नेतृ पुडासैनीले नेपाली कांग्रेसको उम्मेदवारनै सबैभन्दा राम्रो उम्मेदवार हो भन्ने कुरा बुझाउनका लागि पनि खटेर लाग्न सबै नेता–कार्यकर्ताहरुलाई आग्रह गरिन् ।
उनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि अत्यन्तै स्वच्छ मनले सबैलाई सम्हालेर आफ्नो मत सुरक्षित गर्नुपर्ने र राम्रो उम्मेदवार छान्नुपर्ने बताइन् ।
प्रतिक्रिया दिनुहोस