२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

काठमाडौं–२ को विकास, पारदर्शिता र जवाफदेहिताका लागि मेरो उम्मेदवारी : कविर शर्मा

सोमवार , फाल्गुण १८, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर–२ का उम्मेदवार कविर शर्माले काठमाडौं–२ को विकास र प्राकृतिक नेतृत्वको लागि आफ्नो उम्मेदवारी भएको बताएका छन् ।

सुनौलो नेपालको निर्वाचन विशेष कार्यक्रम ‘अब तपाई किन ?’ मा कुरा गर्दै उनले देशको शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार विकास, रोजगारी लगायत आफ्नो प्रमुख एजेण्डा भएको बताए ।

उनले भने, ‘काठमाडौं २ मा सबैभन्दा पहिलो कुरा जनप्रतिनिधि र मतदाता, नागरिकसँगको सम्बन्ध अत्यन्तै शंकास्पद छ, म त्यसलाई एकदमै हार्दिकता र नजिक जोड्न चाहान्छु । आजसम्म यहाँ पारदर्शिता, जवाफदेहिताको राजनीति नरहेको र मतदानपछि प्रतिनिधि मतदातासँग नजोडिएको अवस्थामा म हरेक तीन महिनामा भएका कामको विवरण सार्वजनिक गर्ने, आफ्ना एजेण्डा र चुनौतीबारे छलफल गर्न मतदातासँग जोडिन चाहान्छु ।’

त्यस्तै, उनले देशकै समस्या शिक्षा क्षेत्रलाई व्यवस्थित तरिकाले जिवन उपयागी शिक्षा बनाउन जोड दिने बताए । सबै बिद्यालयहरुमा जिवन उपयागी शिक्षासँगै सीपयुक्त शिक्षा दिनसके कमाउँदै उच्च शिक्षा पढ्न सकिने उनले बताए । मानव स्रोत र साधनको उचित व्यवस्थापन गर्नसके देशको सम्बृद्धिको यात्राका लागि मानव स्रोतको विकास आफ्नो प्रमुख एजेण्डा रहेको उनले बताए ।

https://youtu.be/kA6ai4ohRIA

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट