२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

चितवन–२ मा रवि लामिछानेको ह्याट्रिकः ३९ हजार बढी मतान्तरसहित तेस्रोपटक निर्वाचित

शनिवार , फाल्गुण २३, २०८२

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट तेस्रोपटक प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

लामिछानेले ५४ हजार ४०२ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी मिना खरेलले १४ हजार ५६४ मत प्राप्त गरिन् । लामिछानेले खरेललाई ३९ हजार ४६८ मतान्तरले पराजित गरेका हुन् ।

त्यस्तै नेकपा (एमाले) का अस्मिन घिमिरेले ६ हजार ९९२ मत प्राप्त गरे भने नेपाल कम्युनिस्ट पार्टीका प्रताप गुरुङले ४ हजार ९६९ मत पाए ।

यस क्षेत्रमा ८७ हजार २८ मत सदर भएका छन् भने २ हजार ७९६ मत बदर भएका छन् ।

लामिछानेले यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचन र २०८० सालको उपनिर्वाचनमा पनि यही क्षेत्रबाट जित हासिल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट