२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

मोरङमा रास्वपाको क्लिन स्वीपः मोरङका सबै ६ क्षेत्रमा रास्वपा विजयी, पुराना दल बढारिए

आइतवार , फाल्गुण २४, २०८२

मोरङ । प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मोरङ जिल्लाका सबै ६ वटै निर्वाचन क्षेत्रमा विजय हासिल गर्दै क्लिन स्वीप गरेको छ ।

निर्वाचन परिणामअनुसार मोरङ क्षेत्र नम्बर १ मा यज्ञमणि न्यौपाने २७ हजार ३६७ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी श्रम संस्कृति पार्टीकी शान्ती पाख्रिन लामाले १७ हजार ५२२ मत प्राप्त गरिन् ।

क्षेत्र नम्बर २ मा कृष्णकुमार कार्की ४० हजार ९२४ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का दिलिपकुमार अग्रवालले १५ हजार ६२४ मत प्राप्त गरेका छन् ।

क्षेत्र नम्बर ३ मा गणेश कार्की ३६ हजार ९२४ मतसहित निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका सुनिलकुमार शर्मालाई १२ हजारभन्दा बढी मतान्तरले पराजित गरेका हुन् । शर्माले २४ हजार ३५४ मत प्राप्त गरे भने श्रम संस्कृति पार्टीका अमिर मगरले १६ हजार ५०९ मत पाए ।

क्षेत्र नम्बर ४ मा सन्तोष राजवंशी ४० हजार ८३३ मतसहित विजयी भएका छन् । उनले नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेलाई २८ हजार १५ मतान्तरले पराजित गरेका हुन् । घिमिरेले १२ हजार ८१८ मत प्राप्त गरेका थिए ।

क्षेत्र नम्बर ५ मा आशा झा ३० हजार ४३४ मत प्राप्त गरी निर्वाचित भएकी छिन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका फूलकुमार लालबानीले ९ हजार ४१५ मत प्राप्त गरे ।

क्षेत्र नम्बर ६ मा रुविना आचार्यले सबैभन्दा धेरै ५५ हजार ५१३ मत ल्याउँदै सानदार जित हासिल गरिन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेस नेता डा. शेखर कोइरालाले १२ हजार ८५० मत प्राप्त गरे भने एमालेका बिनोद ढकालले ८ हजार ३१७ मत पाए ।

२०७९ सालको निर्वाचनमा भने मोरङका विभिन्न क्षेत्रमा कांग्रेस, एमाले, नेकपा तथा स्वतन्त्र उम्मेदवारहरूले जित हासिल गरेका थिए । यसपटक भने रास्वपाले जिल्लाका सबै क्षेत्रमा विजय हासिल गर्दै नयाँ राजनीतिक सन्देश दिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट