सोमवार , फाल्गुण २५, २०८२
Shares
Shares
बागलुङ । बागलुङ नगरपालिका–३ गुठीमा जन्मेका सुशील खड्का १२ वर्षअघि अमेरिकाको बसाइ त्यागेर नेपाल फर्केका थिए । उनी त्यसपछि उद्यममा लागे । राष्ट्रिय राजनीतिमा युवाको आवश्यकता देखेर राष्ट्रिय स्वतन्त्र पार्टीमा लागेको बताउने खड्का हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बागलुङ क्षेत्र नं १ बाट २० हजार ९२७ मत प्राप्त गर्दै निर्वाचित भएका छन् ।
खड्का फोहोर व्यवस्थापनदेखि समाजसेवामा सक्रिय रहँदै रास्वपामा प्रवेश गरेका थिए । आफ्ना प्रतिस्पर्धीलाई भारी मतान्तरले पराजित गरेका खड्काले बागलुङको छविलाई सुधार्ने योजना रहेको बताए । उनले गुमेको बागलुङको साखलाई फिर्ता ल्याउँदै आर्थिक विकास, रोजगारी, हरित वातावरण र उद्यमशीलतामा जोड दिने बताएका छन् ।
खड्कासँग केमिकल इन्जिनियर, अर्थविद् तथा उद्यमीका रूपमा काम गरेको अनुभव छ । ‘बागलुङको छोरा, विश्वको ज्ञान( युवा नेतृत्व अबको समाधान’ भन्ने नारासहित उनी चुनावमा होमिएका थिए । समृद्ध बागलुङ र आत्मनिर्भर नेपाल निर्माणको लक्ष्यका साथ राजनीतिमा आएको उनी बताउँछन् ।
शैक्षिक रूपमा खड्काले अमेरिकाबाट केमिकल इन्जिनियरिङ तथा अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् । उच्च शिक्षापश्चात् नेपाल फर्किएर खड्का पछिल्लो १२ वर्षदेखि व्यवसाय, हरित उद्यम र सामाजिक सेवामार्फत मातृभूमिको सेवामा सक्रिय थिए । उनले नीति निर्माणलाई उद्यमसँग जोड्न राजनीतिमा आफ्नो उपस्थिति रहेको बताए । उद्यमसँगै नीति निर्माणमा संसद्मा आवाज उठाउने खड्काको प्रतिबद्धता छ ।
‘बागलुङलाई हरित उद्यमसँग जोड्ने, गुमेको बागलुङको साख फर्काउने, अलपत्र योजना सक्ने, सम्पर्क कार्यालयमार्फत जनताका गुनासा सुन्ने, जनताको घरमा पुगेर समस्या समाधान गर्ने मेरो लक्ष्य छ’, खड्काले भने, ‘फोहोर व्यवस्थापन, बागलुङको समृद्धिको खाका बनाएर काम गर्छु ।’
खड्काले नेपालमा रेस्टुरेन्ट, कृषि, फोहोरमैला व्यवस्थापन तथा हरित लगानीसम्बन्धी विभिन्न उद्यम स्थापना तथा सञ्चालन गर्दै आएका छन् । खड्काले ‘अभ्नी भेन्चर्स’ मार्फत देशकै ठूलो प्लास्टिक रिसाइक्लिङ सञ्जाल स्थापना गरी सयौँलाई रोजगारी सिर्जना गरेको बताए ।
खड्काले हिमाली जिल्लाहरूमा सरसफाइ अभियान सञ्चालन, रोटरी इन्टरनेसनलमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सामाजिक कार्यक्रममा सहभागिता, तथा बागलुङका धार्मिक–सांस्कृतिक सम्पदाको संरक्षणमा योगदान पुर्याइसकेका छन् ।
नीतिगत रूपमा खड्का डिजिटल सुशासनमार्फत भ्रष्टाचार अन्त्य, पारदर्शी तथा जनमैत्री सेवा प्रवाह, युवालाई स्वदेशमै रोजगारी, उद्यमशीलताको प्रवर्द्धन, कृषिको व्यवसायीकरण, दिगो पर्यटन विकास, प्राविधिक शिक्षालाई राष्ट्रिय केन्द्रका रूपमा विकास तथा वैज्ञानिक फोहोर व्यवस्थापन प्रणाली लागू गर्ने योजना रहेको सुनाए ।
खड्काले बागलुङको सम्भावना, समस्या र अवसरको अध्ययनपश्चात् संघीय संसद्मा सशक्त आवाज उठाउन अगुवाइ गर्ने बताउँछन् । जिल्लावासीले पनि उनीबाट केही न केही परिवर्तनको अपेक्षा गरेका छन् । तर त्यसको परिणाम हेर्न भने खड्काको संसदीय यात्रालाई धैर्यका साथ केही समय कुर्नुपर्ने अवस्था छ ।

Be the first to comment!
सम्पर्क : ०१- ४१०२६६४
समाचारको लागी इमेल :
[email protected]
विज्ञापनका लागि इमेल :
[email protected]
सुनौलो नेपाल अनलाइन प्रा. लि.
अनामनगर काठमाडौँ, नेपाल
सूचना विभाग दर्ता नम्बर: ५४३/०७४-७५
सम्पर्क : ०१- ४१०२६६४
विज्ञापनका लागि : ९८५१४२००७७, ९८५१४०३८९९
प्रतिक्रिया दिनुहोस