२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

चन्द्र भण्डारीले गगनलाई भनेः ‘पार्टीलाई औषधि खुवाउने बेला भयो, छोडेर हिँड्न हुँदैन्’

मंगलवार , फाल्गुण २६, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टी सभापति गगन कुमार थापालाई नैतिकताको नाममा राजीनामा नदिन सुझाव दिएका छन् । निर्वाचनको नतितापछि पार्टीभित्र राजीनामाको चर्चा चलिरहेका बेला भण्डारीले अहिलेको समय राजीनामा दिने नभई जिम्मेवारी पूरा गर्ने भएको बताएका हुन् ।

भण्डारीले भनेका छन्, अधिवेशनका लागि बनेको कांग्रेसको चुनाव नियमित थिएन, त्यसैले नैतिकताको नाममा राजीनामा दिनुभन्दा छिटो अधिवेशनमा जानु नै जिम्मेवार र समयसापेक्ष बाटो हो ।

उनले युवाहरूले कांग्रेस छोड्दै गएको कठिन समयमा पार्टीलाई औषधि खुवाएर बचाउनु नै नेतृत्वको असली कर्तव्य भएको उल्लेख गरे । समस्याबाट भाग्नुभन्दा संगठन जोगाउनु नै साँचो नेतृत्व भएको उनको तर्क छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट