२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सुनिल शर्माको प्रष्टोक्तिः भ्रममा नपर्नुस्, निःशुल्क उपचार सेवा जारी छ

मंगलवार , फाल्गुण २६, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं मेडिकल व्यवसायी डा. सुनिल शर्माले निर्वाचनको नतिजा र सामाजिक सेवाबीच कुनै सम्बन्ध नहुने स्पष्ट पारेका छन् । हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि आफ्ना स्वास्थ्य संस्थाहरूबाट प्रवाह हुने सेवाका विषयमा बजारमा भ्रम फैलाइएको भन्दै उनले गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेज (केएमसी) का सञ्चालकसमेत रहेका डा. शर्माले सामाजिक सञ्जालमार्फत एक विज्ञप्ति जारी गर्दै आर्थिक अवस्था कमजोर भएका नागरिकहरूका लागि प्रदान गरिँदै आएको छुट तथा निःशुल्क उपचार सेवा आगामी दिनमा पनि देशभर निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

विगतदेखि नै हाम्रा संस्थाहरू मार्फत नागरिकहरूको सेवा र सहयोगका विविध कार्यहरू निरन्तर हुँदै आएका छन्, डा. शर्माले भनेका छन्, विशेष गरी आर्थिक अवस्था कमजोर भएका नागरिकहरूलाई प्राथमिकतामा राख्दै निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने हाम्रो प्रयास सधैँ जारी रहनेछ ।

उनले निर्वाचनमा हुने हार वा जित एउटा प्रक्रिया मात्र भएको उल्लेख गर्दै यसले सामाजिक सत्कर्म र मानवीय सेवामा कुनै असर नपार्ने स्पष्ट पारेका छन् । चुनावमा हार वा जित हुनु र सामाजिक सेवाबीच कुनै सम्बन्ध हुँदैन, न त कहिल्यै थियो, उनले थपे, समाज र राष्ट्रप्रतिको दायित्वलाई आत्मसात गर्दै यस्ता सेवाहरू आगामी दिनमा पनि देशभर निरन्तर रहनेछन् ।

डा. शर्माले देशका विभिन्न स्थानमा सम्बन्धित वडा तथा जिल्लाहरूमा आधिकारिक माध्यमबाटै सेवा उपलब्ध गराइँदै आएको जानकारी दिएका छन् । उनले बजारमा फैलाइएका कुनै पनि हल्ला वा भ्रममा नपर्न सर्वसाधारणलाई आग्रह गर्दै, आवश्यक जानकारी र सेवाका लागि संस्थाका प्रतिनिधिहरूसँग सम्पर्क गरी तोकिएको विधि अनुसार स्वास्थ्य सेवा लिन अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ