२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

रास्वपाको लहरः प्रत्यक्षमा १२५ सिटपछि समानुपातिकमा ५१ लाख मतको ऐतिहासिक रेकर्ड

बुधवार , फाल्गुण २७, २०८२

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । पछिल्लो परिणाम अनुसार प्रत्यक्षतर्फ १२५ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकमा ५१ लाखभन्दा बढी मत प्राप्त गरिसकेको छ । अब केही मतगणना मात्रै बाँकी रहेको छ ।

हालसम्म रास्वपाले ५१ लाख ३५ हजार ६२१ मत पाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १७ लाख ४७ हजार ७३७, तेस्रो स्थानमा रहेको एमालेले १४ लाख ४८ हजार ३१८ र चौथो स्थानमा रहेको नेकपाले ८ लाख ३ हजार ६२७ मत प्राप्त गरेका छन् ।

त्यस्तै, पाँचौं स्थानमा रहेको श्रम संस्कृति पार्टीले ३ लाख ७८ हजार ५८७ मत पाएको छ भने छैटौं स्थानमा रहेको र थ्रेसहोल्ड कटाएको राप्रपाले ३ लाख २९ हजार ४५७ मत ल्याएको छ ।

समानुपातिकतर्फ हालसम्म एक करोड ७ लाख ३० हजार ५५१ मत गणना भएको छ । प्रत्यक्षतर्फको नतिजा भने सोमबार नै सार्वजनिक भइसकेको छ ।

यसअघि राष्ट्रिय दल बनेका र थ्रेसहोल्ड कटाएका मधेश केन्द्रित दलहरू यसपटक निकै पछि परेका छन् । जसपा नेपालले १ लाख ७४ हजार ३०६ मत पाउँदा जनमत पार्टीले ७८ हजार ९४९ मत पाएको छ ।

जनमतभन्दा अघि रहेको राष्ट्रिय परिवर्तन पार्टीले १ लाख ७१ हजार ४९७ मत प्राप्त गरेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट