२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

रवि लामिछानेको चुनावी खर्च सार्वजनिकः ९ लाख ८९ हजार खर्च भएको विवरण

बुधवार , फाल्गुण २७, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिनिधिसभा निर्वाचनमा भएको खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन् ।

उनले जिल्ला निर्वाचन कार्यालय चितवन मार्फत आयोगले स्वीकृत गरेको निर्वाचन आचारसंहिता अनुसार चुनावी खर्चको विवरण पेश गरेका हुन् ।

चितवन–२ बाट निर्वाचित लामिछानेका तर्फबाट निर्वाचन प्रतिनिधि सीता ज्ञवालीले बुझाएको विवरणअनुसार चुनावमा कुल ९ लाख ८९ हजार ९८७ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।

सार्वजनिक विवरणअनुसार यातायात तथा इन्धनमा २ लाख ९५ हजार रुपैयाँ, खाद्यान्न तथा रासनमा १ लाख ९६ हजार रुपैयाँ, गोष्ठी तथा भेलामा १ लाख ८० हजार रुपैयाँ र प्रचारप्रसार सामग्रीमा १ लाख ६७ हजार रुपैयाँ खर्च गरिएको छ।

यसैगरी नमूना मतपत्र छपाइमा ६८ हजार १६१ रुपैयाँ, वडास्तरीय प्रचारप्रसारमा ४६ हजार रुपैयाँ, हवाई खर्च १३ हजार ६२६ रुपैयाँ तथा मनोनयन दर्ता शुल्क १० हजार रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।

निर्वाचन खर्च आयोगले तोकेको सीमाभित्रै रहेको दाबी गर्दै लामिछानेले निर्धारित कानुनी प्रक्रिया अनुसार विवरण बुझाएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट