२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

खाडी संकटले भूराजनीतिक तनाव निम्त्याउन सक्छः गम्भीर र सजग बन्न शंकर पोखरेलको आग्रह

बिहिवार , फाल्गुण २८, २०८२

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले खाडी क्षेत्रमा जारी युद्धका कारण त्यहाँ कार्यरत नेपाली श्रमिकहरूमा त्रासको अवस्था सिर्जना भएको बताएका छन् ।

उनले सम्भावित तेल तथा ग्यास अभाव र बढ्दो मूल्यवृद्धिले नेपालको बजार प्रणालीमा समेत प्रभाव पार्न सक्ने संकेत देखिएको उल्लेख गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै पोखरेलले यस्तो संवेदनशील परिस्थितिमा नेपाली समाजले धैर्य र संयम कायम राख्नुपर्ने बताएका छन् ।

उनले आगामी दिनमा बन्ने सरकारले पनि सम्भावित असरलाई न्यून गर्नका लागि समयमै ठोस योजना र आवश्यक तयारी सुरु गर्नुपर्नेमा जोड दिएका छन् ।

पोखरेलका अनुसार समयमै सचेत नहुँदा यो संकट आर्थिक वा मानवीय समस्या मात्र नभई भविष्यमा भूराजनीतिक तनावको कारण समेत बन्न सक्छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट