काठमाडौँ । अबदेखि खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै बिक्री वितरण गरिने भएको छ ।
नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अनपेक्षित माग बढेपछि आपूर्ति व्यवस्थालाई सहज बनाउन भोलिदेखि आधा सिलिन्डर ग्यास मात्र बिक्री गर्ने निर्णय गरेको हो ।
अर्को सूचना जारी नभएसम्मका लागि निगमले प्रतिसिलिण्डरमा ७.१ किलो एलपी ग्यास बिक्री हुने बताएको छ । उक्त परिमाणको ग्यासको मूल्य ९ सय ५५ रूपैयाँ तोकिएको छ ।
निगमले बजारमा ग्यास अभाव नरहेको बताउँदै आएपनि करिब दुई/तीन महिनादेखि नै सर्वसाधारणले ग्यासको लागि संघर्ष गरिरहेका छन् । मध्यपूर्वमा जारी युद्धका कारण विश्वव्यापी रूपमा पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्तिमा अवरोध सिर्जना हुन थालेपछि निगमले यो निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस