काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बस्ने तय भएको छ ।
बैठकमा प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित हुने सांसदहरूको नाम टुंग्याउने मुख्य कार्यसूची रहेको बताइएको छ ।
निर्वाचन आयोगले समानुपातिकतर्फ चयन हुने सदस्यहरूको नाम भोलिसम्म बुझाउन राजनीतिक दलहरूलाई पत्राचार गरिसकेको छ ।
आयोगले दिएको समयसीमा नजिकिँदै जाँदा एमालेले अन्तिम सूची तय गर्न सचिवालय बैठक बोलाएको हो । बैठकबाट समानुपातिक सांसदहरूको नाम अन्तिम रूप दिने तयारी गरिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस