२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

समानुपातिक सूची टुंग्याउन र बालेनलाई संसदीय दलको नेता बनाउने एजेन्डामा रास्वपा सचिवालय बैठक बस्दै

आइतवार , चैत्र १, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समानुपातिक उम्मेदवार सिफारिस र वरिष्ठ नेता बालेन्द्र शाह लाई संसदीय दलको नेता बनाउन आवश्यक कदमबारे छलफल गर्न आज सचिवालय बैठक बोलाएको छ।

यसअघि शनिबार बस्ने भनिएको बैठक सभापति रवि लामिछाने अस्वस्थ भएपछि आजका लागि सारिएको हो। बैठक बिहान १० बजे वनस्थलीस्थित पार्टी कार्यालयमा बस्ने बताइएको छ।

निर्वाचन आयोगले आइतबारभित्र समानुपातिकतर्फका ५७ जना सांसदको अन्तिम सूची बुझाउन पत्राचार गरेसँगै रास्वपाले उम्मेदवारहरूको नाम टुंगो लगाउने तयारी गरेको छ। आजको सचिवालय बैठकले सिफारिस गर्ने नामहरूलाई पछि बस्ने केन्द्रीय समिति बैठकले अन्तिम रूप दिनेछ।

रास्वपाको विद्यमान विधानको धारा ६६ अनुसार संसदीय दलको नेता चयन गर्न पार्टीका सम्पूर्ण साधारण सदस्यहरूले मतदान गर्नुपर्ने व्यवस्था छ। उक्त प्रावधान व्यावहारिक नभएको र राजनीतिक दलसम्बन्धी ऐनसँग समेत बाझिएको भन्दै संशोधन गर्न लागिएको स्रोतले जनाएको छ।

विधान संशोधन भएपछि झापा–५ बाट निर्वाचित वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन गर्ने बाटो खुल्नेछ। संसदीय दलको नेता बनेपछि उनलाई संविधानको धारा ७६ (१) अनुसार प्रधानमन्त्री बन्ने संवैधानिक आधार प्राप्त हुनेछ।

स्रोतका अनुसार सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच भएको समझदारीअनुसार आगामी मन्त्रिपरिषद् सानो र छरितो बनाइनेछ। १५ देखि २० सदस्यीय मन्त्रिपरिषद् बनाउने, विज्ञताका आधारमा मन्त्री चयन गर्ने र भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने नीति रास्वपाले लिएको बताइएको छ।

बैठकपछि रास्वपाले औपचारिक रूपमा सरकार गठनको दाबी पेश गर्ने तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट