२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

रास्वपाले नवनिर्वाचित सांसदहरुलाई अभिमुखीकरण प्रशिक्षण दिने

सोमवार , चैत्र २, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना निर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि अभिमुखीकरण प्रशिक्षण दिने भएको छ। पार्टीले आगामी चैत्र ३ र ४ गते काठमाडौंमा प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको हो।

पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीद्वारा जारी सूचनामा नवनिर्वाचित सांसदहरूलाई प्रशिक्षणका लागि तयारी अवस्थामा रहन अनुरोध गरिएको छ। प्रशिक्षण बिहान १० बजेदेखि सुरु हुने र पहिलो दिन अर्थात् चैत्र ३ गते बिहान ९ बजेभित्र काठमाडौं उपत्यकामा तोकिएको स्थानमा उपस्थित हुन सबै सांसदहरूलाई भनिएको छ।

रास्वपाले सांसदहरूलाई संसदीय प्रक्रिया, पार्टीको नीतिगत धारणा, विधायी कार्यशैली तथा समसामयिक राजनीतिक विषयबारे जानकारी दिने उद्देश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट