काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धि पछि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले सोमबार विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो ।
त्यस्तै, पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भएपछि सार्वजनिक यातायातको भाडा समायोजन गर्न पनि महासंघले सरकारसँग माग गरेको छ ।
नेपाल आयल निगमले जेठ २ गते रातिदेखि लागु हुने गरी डिजेलमा प्रतिलिटर १० रूपैयाँ र पेट्रोलमा १५ रूपैयाँ मूल्य बढाएको छ ।
सार्वजनिक यातायात पूर्ण रूपमा इन्धनमा निर्भर हुने भएकाले मूल्य वृद्धि हुँदा त्यसको असर सिधै यातायात व्यवसायमा पर्ने महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस