२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

शीतल निवास पुगेर योगेश भट्टराईले भेटे राष्ट्रपति

सोमवार , चैत्र २, २०८२

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले आज शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् ।

भेटमा उनले भदौ २३ र २४ का घटनापछि अनिश्चिततालाई अन्त्य गर्न अभिभावकीय भूमिका खेलेकोप्रति राष्ट्रपतिलाई धन्यवाद दिए ।

भेटको तस्बिर राख्दै भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भदौ २३ र २४ का घटना र त्यसपछिको अन्योल तथा अनिश्चयको अवस्थामा संविधानको क्रियाशीलता अनि लोकतान्त्रिक प्रणालीलाई पुनर्जीवित गर्न सम्माननीय राष्ट्रपतिले मुलुकलाई गर्नु भएको सही दिशानिर्देश तथा अभिभावकीय भूमिकाप्रति उच्च सम्मान ।’

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट