काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुने दलहरूका सांसदहरूको सूची सार्वजनिक गरेको छ ।
आयोगले दलहरूबाट सिफारिस भएर आएका समानुपातिक सांसदका नामहरू सोमबार सार्वजनिक गरेको हो ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६०(९) तथा प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को दफा ३८ (१) बमोजिम सम्बन्धित राजनीतिक दलहरूले छनौट गरी आयोगमा पेस गरेका थिए ।
प्रतिनिधिसभाका २७५ सिटमध्ये १६५ सिट प्रत्यक्ष र ११० सिट समानुपातिकतर्फ निर्वाचित हुने व्यवस्था छ ।
निर्वाचित भएका उम्मेदवारहरूलाई बिहीबार बिहान साढे ११ बजे आयोग परिसरबाट प्रमाणपत्र वितरण गरिने कार्यक्रम रहेको आयोगले जानकारी दिएको छ ।
हेर्नुस् सूची :
प्रतिक्रिया दिनुहोस